दफा ९०
झुठ्ठा प्रमाण पत्र बनाउन र दिन नहुने

(१) कुनै कुराको सम्बन्धमा कानून बमोजिम पेश गर्ने, प्रमाणित गर्ने, प्रमाणीकरण गर्ने, सत्यतथ्ययुक्त विवरण(एफिडेभिट) पेश गर्ने वा प्रमाणपत्र दिने अख्तियारी वा कर्तव्य भएको व्यक्तिले जानीजानी झुठ्ठा कुरा उल्लेखगरी पेश गर्न, प्रमाणित गर्न, प्रमाणीकरण गर्न वा प्रमाणपत्र दिन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।